गणतन्त्रको विरोधमा लाग्नेहरूविरुद्ध एकजुट हुनुपर्नेमा देउवाको जोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गणतन्त्रको विरोधमा लाग्नेहरूविरुद्ध एकजुट हुनुपर्नेमा देउवाको जोड


८ पुस २०८०, आइतबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औँल्याएका हुन् ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए ।

सभापति देउवाले आफूले नख्खु जेलमा पहिलो पटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने ।

भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति भएको देउवाले बताए । भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेको देउवाको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस