मण्डल मृत्यु प्रकरणमा जिल्ला तानिए इलाका प्रहरी कार्यालय सुगानिकासका इञ्चार्ज  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मण्डल मृत्यु प्रकरणमा जिल्ला तानिए इलाका प्रहरी कार्यालय सुगानिकासका इञ्चार्ज 


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । धनुषाको हंसपुर नगरपालिका-५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चार्ज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् ।

उनलाई कारबाही स्वरूप जिल्ला तानिएको धनुषाका प्रहरीले जनाएको छ । 

धनुषका प्रहरी प्रमुख एवं एसपी मित्रबन्धु शर्माका अनुसार ठाकुरसँगै अन्य ३ जनालाई पनि जिल्ला ल्याइएको छ । तर उनीहरूको कार्यस्थल परिवर्तन गर्ने समय भएका कारण जिल्ला सरुवा गरिएको एसपी शर्माले बताए । 

छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए ।

त्यस क्रममा प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाइ फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको एसपी शर्माको भनाइ छ । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको शर्माले बताए । 

प्रहरी अधिकारीहरूले भने उनीहरूको  समयावधि पुरा भएकाले यसलाई नियमित सरुवा भएको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस