कर्णाली प्रदेश अस्पतालमा अनलाइनबाटै नाम दर्ता सेवा सुरु  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेश अस्पतालमा अनलाइनबाटै नाम दर्ता सेवा सुरु 


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेश अस्पतालले अनलाइनबाटै नाम दर्ता  शुरु गरेको छ। सेवाग्राहीको चाप बढेपछि सेवाग्राहीलाई सहज पुस ५ गतेबाट सेवा लागू सुरु गरिएको हो ।

सार्वजनिक बिदाको दिन भने यो सेवा हुने छैन। सेवाग्राहीले अनलाइनमार्फत नाम दर्ता गरेर टिकट लिनको लागि बिहान ८ बजेदेखि १२ बजेसम्म  पाउने अस्पतालले जनाएको छ । 

 यसरी टिकट लिएपछि बिरामीहरू नाम दर्ताका लागि ९ बजे नै अस्पताल पुग्न नपर्ने बताइएको छ । अनलाइनमार्फत नाम दर्ता  गर्दा  कर्णाली प्रदेश अस्पतालको वेबसाइटमा गएर गर्न सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस