चुनावमा खर्च नभएको करिब २ अर्ब रुपैयाँ सरकारलाई फिर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चुनावमा खर्च नभएको करिब २ अर्ब रुपैयाँ सरकारलाई फिर्ता


६ पुस २०८०, शुक्रबार


Ramchandra-paudel_denesh-thapaliya_nirbachan-ayog_pratibedan

काठमाडौँ । निर्वाचन आयोगले गत वर्ष भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सरकारले विनियोजन गरेको साढे ८ अर्ब बजेटमध्ये करिब २ अर्ब रकम फिर्ता गरेको छ ।

आयोगले शुक्रबार राष्ट्रपतिलाई बुझाएको गत आर्थिक वर्षको १७औँ वार्षिक प्रतिवेदन अनुसार एक अर्ब ९४ करोड ३० लाख ७२ हजार रकम सरकारलाई फिर्ता गरेको हो ।

सरकारले आमनिर्वाचनको लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो । जसमा ६ अर्ब ५५ करोड ६९ लाख २८ हजार रुपैयाँ निर्वाचन व्यवस्थापनमा खर्च भएको आयोगले जनाएको छ । आयोगका अनुसार २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिमतदाता ५०६ रुपैयाँ खर्च भएकोमा गत वर्ष ३८० रुपैयाँमात्रै खर्च भएको थियो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ सालको निर्वाचन पछिल्लोको तुलनामा मितव्ययी हुन गएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस