काँग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा हुने


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौँमा हुने भएको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौँमा हुने बताए । उनले सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।

उनले भने, ‘नेपाली काँग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली काँग्रेसका श्रद्धेय सभापति एवं शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली काँग्रेस बागमती प्रदेश सभापति श्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौष ७ गते शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुनेछ ।’

काँग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस