श्रीलङ्कामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रीलङ्कामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ


६ पुस २०८०, शुक्रबार


घुससहित रंगेहात पक्राउ

कोलम्बो ।  श्रीलङ्कामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् । 

श्रीलङ्काको प्रहरीले हालै शुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषध सम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको हो । 

लागुऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट शुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीले हेरोइनसहित अन्य लागुऔषध कारोबार अपराधमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेको छ ।

यसै बीच श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिका विरुद्ध कारबाही जारी राख्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस