निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


६ पुस २०८०, शुक्रबार


Ramchandra-paudel_denesh-thapaliya_nirbachan-ayog_pratibedan

काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ ।

शुक्रबार शीतल निवास पुगेर आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका हुन्।

आयोगले शुक्रबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पेस गरेको हो। संविधानले सबै संवैधानिक आयोगहरूले हरेक वर्षका वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस