प्रहरीको पिटाइबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरीको पिटाइबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर-५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । 

प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरू प्रहरी चौकी घेराउ गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ । 

स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको  रहेका छन् । दुवैको हातमा गोली लागेको छ । दुवै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानीयको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस