पूर्व सांसद शाहलाई कमल थापाले बनाए राप्रपा नेपालको उपाध्यक्ष « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्व सांसद शाहलाई कमल थापाले बनाए राप्रपा नेपालको उपाध्यक्ष


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम पूर्व सांसद गोविन्दविक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् ।

शाहको मनोनयनले पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस