किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्दै मन्त्री किराँतीलाई भीम रावलको प्रश्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्दै मन्त्री किराँतीलाई भीम रावलको प्रश्न


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले संस्कृतिमन्त्री सुदन किरातीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाएका छन् ।

रावलले सामाजिक सञ्जालबाट आफ्नो वक्तव्य जारी गर्दै किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्ने प्रश्न समेत गरेका छन् । किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिएका थिए ।

रावलले किराँतीलाई प्रश्न गर्दै सोधेका छन्, ‘मन्त्री सुदन राई किराँतीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न ? के मन्त्री सुदनका पुर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले मुन्धुमु मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’

किरातीले संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न दबाब परे पनि प्रधानमन्त्री र सत्ता गठबन्धनले मौनता साँधेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस