स्थगित भयो भरतपुर भ्रमण वर्ष-२०२४ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थगित भयो भरतपुर भ्रमण वर्ष-२०२४


६ पुस २०८०, शुक्रबार


चितवन । भरतपुर महानगरले भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको छ ।

महानगरको आज भएको कार्यपालिका बैठकले जनवरी १ देखि सुरु गर्ने भनी तयारी गरेको भरतपुर भ्रमण वर्षको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

‘अहिलेलाई स्थगित गरेर केही समय पछि तयारी गरी भ्रमण वर्ष मनाउने भरतपुर महानगरपालिकाले जनाएको छ । यसअघि २०८० वैशाखदेखि सुरु गर्ने भनिएको भरतपुर भ्रमण वर्ष तयारी नपुगेको भन्दै २०२४ जनवरीको लागि सारिएको थियो ।

अहिले भरतपुर महानगरको सडक मर्मत अझै सकिएको छैन । नारायण मुग्लिन सडक पनि दिनमा ४ घण्टा बन्द गरेर मर्मत भइरहेको छ । भने, ‘नारायणगढ बुटवल सडक खण्ड पनि निर्माण सकिएको छैन, यस्तो अवस्थामा भ्रमण वर्ष सफल नहुने भन्दै बैठकले स्थगीत नहुने निर्णय गरेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस