सर्वोच्चका नवनियुक्त न्यायाधीशले थाले काम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चका नवनियुक्त न्यायाधीशले थाले काम


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीशहरुले आजदेखि काम सुरु गरेका छन् ।

नवनियुक्त न्यायाधीशहरूको १० इजलास बसेको छ । नवनियुक्त ६ न्यायाधीशसहितको इजलास बसेको हो ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्त भएका ६ न्यायाधीशलाई बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका थिए ।

नवनियुक्त न्यायाधीशहरूमध्ये बालकृष्ण ढकाल नहकुल सुवेदीसँगको इजलासमा परेका छन् । टेकप्रसाद ढुंगाना तिलप्रसाद श्रेष्ठसँगको इजलासमा परेका छन् ।

यस्तै, नवनियुक्त न्यायाधीश सारंगा सुवेदी सुस्मलता माथेमासँगको इजलासमा परेकी छन् । सुनिलकुमार पोखरेल हरि फुयाँलसँगको इजलासमा परेका छन् ।

नवनियुक्त न्यायाधीश अब्दुल अजिज मुसलमान मनोजकुमार शर्मासँगको इजलासमा परेका छन् । महेश शर्मा पौडेले कुमार चुडालसँगको इजलासमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस