काँग्रेसको पहिलो मधेश सम्मेलन : बन्दसत्र जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसको पहिलो मधेश सम्मेलन : बन्दसत्र जारी


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनअन्तर्गत शुक्रबार बन्दसत्र हुँदैछ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले साङ्गठनिक र राजनीतिक प्रस्ताव पेश गर्दैछन् भने कोषाध्यक्ष प्रदिप यादवले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । सम्मेलन ती प्रतिवेदनहरूमाथि छलफल गर्दै शुक्रबारै सम्पन्न हुनेछ ।

सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट ८२५ प्रतिनिधि सहभागी रहेको सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

बिहीबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस