विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित


४ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठकले महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित गरेको छ।

कपिलवस्तुमा बसेको केन्द्रीय सदस्यहरूले पेश गरेका सुझावसहित राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लवले विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ भन्ने शीर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका थिए।

प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरूले समूहगत छलफल गरी समूह नेताहरू मार्फत मङ्गलवारको बैठकमा सुझावहरू पेश भएको थियो। बैठकमा नेताहरुले एमसीसी, पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी र एनसेल काण्डविरुद्ध थप सङ्घर्ष गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस