नासु र खरिदारको रिक्त दरबन्दी विवरण उपलब्ध गराउन सामान्यको पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नासु र खरिदारको रिक्त दरबन्दी विवरण उपलब्ध गराउन सामान्यको पत्र


४ पुस २०८०, बुधबार


काठमाडौँ । सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।

लोक सेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु र खरिदारको रिक्त दरबन्दी विवरण मागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखाना (निजामती) र निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)लाई परिपत्र गर्दै लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम (अप्राविधिक) श्रेणीका पद, राजपत्रअनंकित प्रथम (प्राविधिक) श्रेणीका पद र राजपत्रअनंकित द्वितीय (अप्राविधिक) श्रेणीका पद र राजपत्रअनंकित द्वितीय (प्राविधिक) श्रेणीका रिक्त पदको विज्ञापन हुने भन्दै तीन दिन भित्र विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।

पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस