चेल्सी इएफएल कपको सेमिफाइनलमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चेल्सी इएफएल कपको सेमिफाइनलमा


४ पुस २०८०, बुधबार


चेल्सी

काठमाडौँ । चेल्सीले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । जसमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिच चारै जनाले गोल गरेका थिए ।

न्यूक्यासल युनाइटेडका कलुम विल्सन र ब्रुनो गुइमारेसको मात्र प्रहार गोलमा परिणत हुँदा काइरन ट्रिपएर र माट रिट्चेको प्रहार विफल भएको थियो । त्यसअघि निर्धारित समयको १६ औँ मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा चेल्सीले बराबरी गरेको थियो । चेल्सीका मुड्रिचले गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । अन्ततः टाइब्रेकरमा चेल्सी ४–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । यसैगरी मिडल्सवर्गले सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । उसले पोर्टो भालेलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसैगरी फुलह्याले एभर्टनलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फुलह्ययाम ७–६ ले विजयी भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस