खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी


४ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल खानेपानी संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । 

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ ।

योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस