मेलम्चीको पानी पथान्तरणका लागि निर्माण व्यवसायीलाई साईटमा परिचालन गर्ने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मेलम्चीको पानी पथान्तरणका लागि निर्माण व्यवसायीलाई साईटमा परिचालन गर्ने निर्णय


४ पुस २०८०, बुधबार


मेलम्ची खानेपानी विकास समिति

काठमाडौँ । मेलम्ची नदीको पानी पथान्तरणमा ढिलाइ भएको कारण काठमाडौँ उपत्यकावासीले गरेको दबाबमूलक प्रदर्शनले अझ बढी गम्भीर बनाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

निर्माण व्यवसायीसँगको ठेक्कामा सोही कामको लागि थप भेरिएसन गर्नुपर्ने लगायत बिभिन्न प्राविधिक तथा करारीय समस्याहरूले गर्दा पानी पथान्तरणको कार्य सुचारु गर्न ढिलाइ भएको समितिले जनाएको हो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मङ्गलवार बसेको बोर्ड बैठकले तत्काल निर्माण व्यवसायीलाई साईटमा परिचालनका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने निर्णय भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्ते जानकारी दिए ।

 बैठकमा निर्माण व्यवसायी सिनो हाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहमति अनुसार निर्माण व्यवसायी सिनो हाइड्रो तत्कालै साईटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार २ सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने छ । 

पथान्तरण पश्चात मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस