फोन गरेर उत्तर लेख्नेलाई लोक सेवा परीक्षा दुई वर्षका लागि प्रतिबन्ध, दुई जनाको परीक्षा रद्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फोन गरेर उत्तर लेख्नेलाई लोक सेवा परीक्षा दुई वर्षका लागि प्रतिबन्ध, दुई जनाको परीक्षा रद्द


३ पुस २०८०, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षा परीक्षा रद्द गर्दै आगामी दुई वर्षसम्मका लागि आयोगले लिने कुनै पनि परीक्षा दिन नपाउने सम्मको कारबाही गरेको छ ।

आयोगका अनुसार अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ ।

त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्मा र उत्तर पुस्तिकामा सहयोगी दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो ।

त्यस्तै आयोगका अनुसार महेन्द्रनगरबाट दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस