खल्तीबाट नेता हालेर समावेशिता हुँदैन : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खल्तीबाट नेता हालेर समावेशिता हुँदैन : गगन थापा


३ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समावेशीताको दुरुपयोग भएको बताएका छन्।

मङ्गलवार नेपाली काँग्रेस गण्डकी सम्मेलनमा बोल्दै महामन्त्री थापाले समावेशीताको नाम दुरुपयोग गर्दै नेताहरूले आफ्नो खल्तीबाट नेता ल्याउने गरेको बताएका हुन्। 

‘एकल सरकार बनाउने कुरा महत्त्वपूर्ण छ, समावेशी सरकार बनाउने कुरा त्योभन्दा महत्त्वपूर्ण छ,’ उनले भने, ‘समावेशी बनाउने भनेको नेताको खल्तीबाट हालेर बनाउने होइन, यसको दुरुपयोग भएको छ, यसलाई रोक्छौँ।’ 

थापाका अनुसार धर्मका नाममा अहिले तर्साउने काम भइरहेको छ। सनातनदेखि चल्दै आएको धर्म, संस्कृति कमजोर नहुने उनको भनाइ छ। 

‘सनातनदेखि चल्दै आएको धर्म संस्कृति कमजोर छैन, कसैले हल्लाएर हल्लिँदैन,’ उनले भने, ‘अल्पसङ्ख्यकको धार्मिक स्वतन्त्रता रहन्छ, हामी तर्सिने होइन, तर्साउने होइन।’ 

यस्तै, सम्मेलनमा केन्द्रीय सदस्य शङ्कर भण्डारीले सङ्घीयता खारेज गर्दै हिन्दु राष्ट्र कायम गर्न काँग्रेस लाग्नुपर्ने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस