मलाई डिप्रेस बनाउन छोरी गङ्गालाई जोडेर प्रहार गरियो : प्रधानमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मलाई डिप्रेस बनाउन छोरी गङ्गालाई जोडेर प्रहार गरियो : प्रधानमन्त्री


३ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो परिवारमाथि प्रश्न उठाएर आफूलाई ‘डिप्रेस’ बनाउन खोजेको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा मङ्गलवार बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूलाई डप्रेस बनाउन छोरी गङ्गा दाहालमाथि विभिन्न विषय जोडेर प्रहार गरिएको बताए। कतिपयलाई ‘प्रचण्ड’लाई डिप्रेस नबनाएसम्म व्यवस्था नउल्टिने भन्ने सोचले प्रश्न उठाएको उनले बताए।

‘परिवारको सदस्य घट्दै गएर तीन जना भएका छौँ। एउटा छोरी छ, उसलाई जोडेर उचालेको छ,’ उनले भने, ‘यो सिष्टममाथिको हमला हो। ‘प्रचण्ड’लाई डिप्रेस नबनाएसम्म सिष्टम उल्टिँदैन भन्ने छ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतले गङ्गा दाहालमाथि विभिन्न आरोप लगाउँदै हमला गरेको उनको भनाइ थियो। ‘प्रचण्ड’को कान्छी छोरी गङ्गा उनको स्वकीय सचिवसमेत हुन्। यस्तै एनसेल कर छली गरेको प्रकरणमा प्रधानमन्त्री ‘प्रचण्ड’को संलग्नता भन्ने विषयमा पनि उनले केही कुरा राखेका थिए।

अहिले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका सतिशलाल आचार्यलाई आफूसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेको उनले बताए।

आफ्नी श्रीमती बिरामी हुँदा सिंगापुर लग्दा उनले हेरचाह गर्न सघाएको उनको भनाइ थियो। चिने पनि उनले जे गरे पनि छुट नदिइने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस