३ सय ८० किलो अवैध गाँजासहित दुई जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

३ सय ८० किलो अवैध गाँजासहित दुई जना पक्राउ


३ पुस २०८०, मंगलबार


काठमाडौँ । चितवन प्रहरीले ३ सय ८० किलो अवैध लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागू औषध गाँजासहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएका छन् ।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस