महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने नाइकेको करार अवधि रद्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने नाइकेको करार अवधि रद्द


२ पुस २०८०, सोमबार


काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाले महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका सरसफाइ नाइकेको करार अवधि रद्द गरेको छ। नगरपालिकाको सरसफाइ शाखामा करार सेवामा कार्यरत नाइके रामबली हजराको करार अवधि रद्द गरिएको हो ।

नगरपालिकाले सोमबार सूचना जारी गर्दै पोखरिया नगरपालिका-१ बस्ने सरसफाइ नाइके पासवान र पोखरिया नगरपालिकाको कार्यालय पर्साबीच भएको करार सम्झौता रद्द गरिएको नगरप्रमुख प्रदुमन प्रसाद चौहानले जानकारी दिए ।

हजराले कार्यालयबाट पाएको सम्पूर्ण सेवा-सुविधाबाट वञ्चित गरिएको ब्यहोरा जानकारी गराइएको नगर प्रमुख प्रद्युम्न चौहानद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

मंसिर ३० गते राति नगरपालिकामा बोलाएर नाइके हजाराले सरसफाइ महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेका थिए। बलात्कार प्रयास गरेपछि ती महिला कर्मचारी र उनका श्रीमानले त्यसको भोलिपल्ट इलाका प्रहरी कार्यालय पोखियामा जाहेरी दर्ता गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस