डेटा रिकभर नभएपछि एनओसी लिन पुनः आवेदन दिनुपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डेटा रिकभर नभएपछि एनओसी लिन पुनः आवेदन दिनुपर्ने


२ पुस २०८०, सोमबार


काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरूले पुनः निवेदन दिनुपर्ने भएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्भर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण चार दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।

शाखाका अनुसार अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ । २२ मंसिर भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरूलाई एनओसी दिन थालिएको छ ।

तर २२ मंसिर गतेयताको डेटा भने रिकभर भएको छैन । यसका लागि प्रयास भइरहेको शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस