राष्ट्रिय झन्डा आधा झुकाएर भोलि एक दिने शोक मनाईने  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय झन्डा आधा झुकाएर भोलि एक दिने शोक मनाईने 


१ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । 

आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा  कुवेतका अमिरको सम्मानमा भोलि शोक मनाइने जनाएको हो ।

मन्त्रालयका अनुसार भोलि नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस