ओलीको दाबी : अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौँ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ओलीको दाबी : अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौँ


१ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरि ठान्नेहरूमा मध्यपहाडी सङ्कल्प यात्राले उत्साहित बनाएको बताएका छन् ।

पाँचथरको चिवाभञ्ज्याङ पुगेर सङ्कल्प यात्रा समापन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरि ठान्नेहरूको मनोबल उच्च बनाएको छ ।’

सङ्कल्प यात्राले मुलुकमा व्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए ।

‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ’, अध्यक्ष ओलीले भने ।

गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भन्ज्याङसम्म चलेको मध्यपहाडी सङ्कल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस