विवाहपञ्चमीमा १८ जना पाकेटमार पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विवाहपञ्चमीमा १८ जना पाकेटमार पक्राउ


१ पुस २०८०, आइतबार


काठमाडौँ। जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भिडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरीले जनाएको छ ।

दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरूलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस