७ गतेदेखि नारायणगढ मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

७ गतेदेखि नारायणगढ मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने


१ पुस २०८०, आइतबार


काठमाडौँ । आगामी पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडक खण्ड  दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको छ ।

अघिल्लो वर्षपनि सो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट नै सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो वर्ष पनि पुस ७ गतेदेखि ३ हप्तासम्म ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक आयोजनाले सो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम अघि बढाइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस