आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराई-मधेशमा हुस्सु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराई-मधेशमा हुस्सु


१ पुस २०८०, आइतबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई-मधेसका केही जिल्लामा हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ।

आइतबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ। 

राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। यस्तै, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस