सवारी दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सवारी दुर्घटनामा एक जनाको मृत्यु


३० मंसिर २०८०, शनिबार


काठमाडौँ। भक्तपुरमा टिप्पर र स्कुटी एक आपसमा ठोकिएर भएको दुर्घटना परि एक जनाको मृत्यु भएको छ । 

जिल्लाको मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको ब ४ ख २३४७ नम्बरको टिप्पर र  विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प. ५५३१ नम्बरको  स्कुटी एक आफसमा ठोक्किएर भएको दुर्घटनामा परि स्कुटी चालक काभ्रेपलान्चोकको रोशी गाउँपालिका–१० का २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मैनालीलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर, भक्तपुर लगेकोमा उपचारको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुङ्गाना बताए । 

दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको र  टिपर चालक धादिङको थाक्रे गाउँपालिका-७ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको बताइएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस