डा. केसीले थाले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. केसीले थाले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीनदिन अनशनमा बस्ने बताएका छन् ।

यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्यहरूले अवरोध गरेका थिए ।

सम्बन्धित समाचार : अनशन बस्न गेटामा पुगेका डा. केसीलाई सङ्घर्ष समितिको अवरोध

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले गेटामा नै अनशन बस्ने तयारी गरेका थिए ।

तर आफूहरूको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै सङ्घर्ष समितिका सदस्यहरूले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस