न्याय ढिलो दिनु भनेको न्याय दिन इन्कार गर्नु हो : प्रस्तावित न्यायाधीश मुसलमान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्याय ढिलो दिनु भनेको न्याय दिन इन्कार गर्नु हो : प्रस्तावित न्यायाधीश मुसलमान


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले विचाराधीन रहेका मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्स्योट गर्न आफ्नो प्रयास रहने बताएका छन् । 

संसदीय सुनुवाइ समितिको आज शुक्रवारको बैठकमा आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्चमा विचाराधीन रहेका मुद्दाहरूको छिटो फर्स्योट गर्न आफ्नो प्रयास रहने बताएका हुन् । उनले इजलासमा पेस भएका मुद्दाहरूको त्यही दिन फर्स्योट गर्ने पनि आफ्नो प्रयास रहने बताए।

उनले भने, ‘न्याय ढिलो दिनु भनेको न्याय दिन इन्कार गर्नु हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूलाई छिटो फर्स्योट गर्ने मेरो प्रयास रहनेछ । इजलासमा पेस भएका मुद्दाहरूको त्यही दिन फर्स्योट गर्न मेरो प्रयास रहनेछ ।’

प्रस्तावित न्यायाधीश मुसलमानले साना प्रकृतिका, वैवाहिक र विशिष्टीकृत विवाद समावेश भएको मुद्दाहरूका लागि छुट्टै इजलास गठनका लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताए । उनले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस