महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण : राजेन्द्र महतो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण : राजेन्द्र महतो


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महताले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढङ्गले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन्

महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएर अरूलाई जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धकेल्ने काम गरेको पनि महतोले उल्लेख गरेका छन् ।

उनले मधेश आन्दोलनका बेला उठाएको एजेण्डा ज्यूका त्यू रहेकाले फेरि आन्दोलनमा उत्रन समेत आग्रह गरेका छन् । महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सङ्घर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रह समेत गरेका छन् ।

‘सरकारलाई दिएको समर्थन फिर्ता गरी सङ्घर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ’, वक्तव्यमा उल्लेख छ ।

अधिकार र पहिचानको लागि भएको आन्दोलनलाई दबाउन राज्यबाट प्रपञ्च भइरहेकाले मधेशी मोर्चा र थरुहटका सबैलाई संयुक्त आन्दोलनका निम्ति महतोले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस