६७ करोड बढी हिनामिना गरेको आरोप लागेका ३ जना धरौटीमा रिहा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६७ करोड बढी हिनामिना गरेको आरोप लागेका ३ जना धरौटीमा रिहा


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । ६७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका विराटनगरको तुलसी सहकारी संस्थाका उपाध्यक्ष र सञ्चालक समितिका दुई सदस्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ ।

बचतकर्ताहरूको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका उपाध्यक्ष अनिता गौतम र सञ्चालक समितिका सदस्यहरू सीताराम अधिकारी र आदित्यराज भट्टराईलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

बचतकर्ताको बचत रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक केदारनाथ शर्मासहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । बचतकर्ताहरूको रकम ठगी गरेर शर्मा भागेपछि सहकारीको सञ्चालक समितिको उपाध्यक्ष रहेकी उनकै श्रीमती अनिता गौतमसहित सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई प्रहरीले २ महिनाअघि पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरू मोरङ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान भएका थिए ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राज भण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको इजलासले प्रबन्धक मन्दिप खवास र सचिव सविना न्यौपानेलाई भने थुनामै राख्न आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस