शुद्धीकरण विभागबाट अख्तियारमा लगियो बालकृष्ण खाँणलाई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शुद्धीकरण विभागबाट अख्तियारमा लगियो बालकृष्ण खाँणलाई


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

विभागमा धरौटी बुझाएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँणले आजै काठमाडौँ जिल्ला अदालतमा ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका थिए। बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले शुक्रबार धरौटी बुझाएका हुन्।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस