फिफा द वेस्ट अवार्डका लागि मेसी, एमबाप्पे र हालान्ड मनोनयनमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

फिफा द वेस्ट अवार्डका लागि मेसी, एमबाप्पे र हालान्ड मनोनयनमा


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । फिफा द वेस्ट अवार्डका लागि फिफाले उत्कृष्ट पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका तीन–तीन खेलाडीको नाम सार्वजनिक गरेको छ।

आगामी १५ जनावरीमा इंग्ल्यान्डको लन्डनमा विजेता घोषणा गर्नका लागि फिफाले महिला र पुरुष खेलाडीको नाम सार्वजनिक गरेको हो।

मनोनयनमा परेका महिला खेलाडीहरूमा आइटाना बोनमाटी (स्पेन र एफसी बार्सिलोना), लिन्डा काइसेडो (कोलम्बिया र डिपोर्टिभो काली फेमेनिनो र रियल म्याड्रिड) र जेनिफर हर्मोसो (स्पेन-सिएफ पाचुका) छन् ।

१ अगस्ट २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनको आधारमा उत्कृष्ट तीन महिला खेलाडीको नाम सार्वजनिक गरिएको हो। विज्ञहरूको प्यानलद्वारा छनोट गरी कुल १६ खेलाडीहरू सुरुमा उत्कृष्ट फिफा महिला खेलाडी अवार्डका लागि मनोनयन गरिएको थियो।

यसबाट तीन खेलाडीको नाम संसारभरका महिला राष्ट्रिय टोलीका प्रशिक्षक, महिला राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र फिफाको आधिकारिक वेबसाइटमा मतदान गर्ने फ्यानको भोटको आधारमा निर्णायक मण्डलद्वारा छनोट गरिएको छ।

यस्तै १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको अवधिका गरेको प्रदर्शनको आधारमा तीन पुरुष खेलाडीको नाम सर्ट लिस्टका लागि घोषणा गरिएको छ।

मनोनयनमा परेका पुरुष खेलाडीहरूमा इर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी), केलियन एमबाप्पे (फ्रान्स र पेरिस सेन्ट(जर्मेन), लिओनल मेसी (अर्जेन्टिना र पेरिस सेन्ट जर्मेन र मायमी) छन् ।

कुल १२ खेलाडीहरू प्रारम्भमा उत्कृष्ट फिफा पुरुष खेलाडीको अवार्डका लागि मनोनयन गरिएको थियो। जसलाई विशेषज्ञहरूको प्यानलले छनोट गरेको थियो।

सूचीबाट तीन खेलाडीको नाम संसारभरका पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक, पुरुष राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र विश्वभरका फ्यानहरू फिफा डटकममा गरेको भोटको आधारमा तय भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस