धनुषामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनुषामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते


२९ मंसिर २०८०, शुक्रबार


धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा धनुषा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए। उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका-१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।

सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिए । आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २-०२-००२प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस