नागरिकले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवलाई निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवलाई निर्देशन


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवम् विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नागरिकले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले एक अर्काका कमी कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा काम गर्नुपर्नेमा जोड दिए।

आफू नेतृत्वको सरकारको एक वर्षे कार्यकाल पूरा हुने चरणमा रहेको र यस अवधिमा अपेक्षा गरिए अनुसारका काम भएको ‘प्रचण्डको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस