सर्वोच्चद्वारा वीरबाट डा. पौडेललाई हटाउनुको कारण माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चद्वारा वीरबाट डा. पौडेललाई हटाउनुको कारण माग


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको छ। बिहीवार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको हो।

अदालतले डा. पौडेलका सर्न्दभमा अन्तरिम आदेशका लागि सरोकारवालालाई छलफलमा समेत बोलाएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाएका थिए।

मन्त्रिस्तरीय निर्णयका आधारमा मन्त्रालयले डा. पौडेललाई निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस