राष्ट्रिय सभा चुनावमा नयाँलाई अवसर दिनुपर्नेमा धनराज गुरुङको जोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा चुनावमा नयाँलाई अवसर दिनुपर्नेमा धनराज गुरुङको जोड


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । काँग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आउने राष्ट्रिय सभा चुनावमा काँग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका छन् ।

शेखर कोइराला-गगन थापा पक्षका नेताहरूको भेलामा सहभागी भएर बाहिरिने क्रममा उपसभापति गुरुङले राष्ट्रिय सभा चुनावमा काँग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सभा चुनावमा पटक पटक अवसर पाएकाले नभई कहिल्यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।’ काँग्रेसको महासमिति बैठकमा सही एजेण्डा उठाउन आजको बैठक बोलाइएको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस