अख्तियारद्वारा भूकम्प पीडितलाई आठ लाख एकसट्ठी हजार रुपैयाँ सहयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अख्तियारद्वारा भूकम्प पीडितलाई आठ लाख एकसट्ठी हजार रुपैयाँ सहयोग


२७ मंसिर २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई सहयोग गरेको छ ।

गत कात्तिक १७ गते शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगको लागि आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोष आठ लाख एकसट्ठी हजार सात सय ७८ रुपैयाँ जम्मा गरिएको हो ।

आयोगले एक सूचना जारी गर्दै आयोगका प्रवक्ता नरहरि घिमिरेले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार एभरेष्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरेको बताएका छन् ।

‘बैकको खाता नम्बर ००१०११०२२०००१२ मा रु. ८, ६१, ७८१.७० मिति २०८०-०८-२५ गते इएफटि मार्फत जम्मा गरिएको छ, ‘सूचनामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस