नयाँ लाइसेन्स वितरण हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ लाइसेन्स वितरण हुँदै


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । लामो समयदेखि कार्ड नभएर रोकिएको लाइसेन्स वितरण पुनः सुरु हुने भएको छ । करिब डेढ वर्ष अघि रोकिएको नयाँ लाइसेन्स वितरण माघ १ गते सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिससँग १२ लाख कार्ड आपूर्ति गर्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार कम्पनीले डिसेम्बर २० तारिख (पुस ४ गते) पहिलो चरणमा ६ लाख कार्ड नेपाल पठाउँदै छ ।

ती कार्ड नेपाल आएपछि सम्झौताअनुसार गुणस्तरीय छ छैन भन्ने परीक्षण हुने विभागले जनाएको छ । गुणस्तरीय भएमात्रै वितरण गरिनेछ ।

विभागका अनुसार १२ लाख कार्ड आपूर्तिको लागि सम्झौता गरेको जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिसले पुस ४ गते ६ लाख कार्ड नेपाल पठाउने बताइएको छ ।

माघ १ गतेदेखि नयाँ ट्रायल पास गरेर लाइसेन्स पाउन बाँकी रहेकाहरूलाई दिन सुरु हुनेछ । नयाँ १५ लाख ५० हजार कार्ड र लाइसेन्स प्रिन्ट गर्ने नयाँ मेसिनको लागि पनि पुसमै टेन्डर खुल्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस