एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । एमाले कोशी प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । दोस्रो अधिवेशनबाट प्रतिस्पर्धी गणेश दाहाललाई पराजित गर्दै नवराज घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप–सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने चुनिएका छन् । खुल्ला महिला आठ जना, समावेशीबाट पाँचजना छानिएका छन् ।

कमिटीमा ४४ जना सदस्यहरू पनि निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस