सभामुखले भने-संसदलाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुखले भने-संसदलाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्छ


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रूपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रूपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ रु यो बहस अन्तरक्रियाको सुरुवात हो ।’

उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए । उनले संसद्लाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले संसद्लाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ(आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे ।

उनले भने, ‘विधायकी संस्थालाई सर्वोच्च स्थानमा पुर्‍याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ । म सभामुखको हैसियतले यसलाई कसरी पार्न सकिन्छ, त्यो दिशामा जानुपर्छ र जाउँ भन्नका लागि अपिल गर्दछु ।’

सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफूले भूमिका खेल्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस