असन्तुष्ट गगन शेखरले बोलाएको बैठकमा नजाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

असन्तुष्ट गगन शेखरले बोलाएको बैठकमा नजाने


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् ।

तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय भइसकेकाले अनुपस्थित हुने बताएका छन् । नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, १४ औँ महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मङ्गलवार छलफलमा बोलाएका छन् ।

एक केन्द्रीय सदस्यले उक्त छलफलबारे शेखर–गगनबीच सल्लाह नभएको जानकारी पाएको बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने गरेका छन् ।

पार्टीको आसन्न महासमिति बैठकका विषयमा छलफल गर्न समूहको बैठक बोलाइएको शेखर पक्षको भनाइ छ ।

महासमिति बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले २९ मंसिरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शेखरले त्यसअघि नै आफूपक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस