छानबिन कार्यमा सहयोग गर्न एनसेल शेयर खरिद विक्री अध्ययन समितिको आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

छानबिन कार्यमा सहयोग गर्न एनसेल शेयर खरिद विक्री अध्ययन समितिको आग्रह


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । सरकारद्वारा गठित एनसेलको शेयर खरिद विक्री अध्ययन तथा छानबिन समितिले छानबिन कार्यमा सहयोग गर्न आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति निकालेर एनसेलको शेयर खरिद विक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरू भएमा समितिलाई उपलब्ध गराउन आग्रह गरेको हो ।

समितिका संयोजक टङ्कमणि शर्मा दंगालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेलको शेयर खरिद विक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरू भएमा समितिको आधिकारिक ई–मेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानबिन कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकहरूमा समिति हार्दिक आह्वान गर्दछ ।’ 

अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकता अनुसार छलफल गरी राय सुझाव लिइने विज्ञप्तिमा उल्लेख छ ।

राय सुझावहरू समितिको ई-मेल ठेगानामा पठाउन सकिने समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस