एमालेको पध्यपहाडी यात्राको सुरक्षामा कुनै कमी हुन दिन्नौँ : कोशी सुरक्षा प्रमुख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेको पध्यपहाडी यात्राको सुरक्षामा कुनै कमी हुन दिन्नौँ : कोशी सुरक्षा प्रमुख


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ। कोशी प्रदेशका सुरक्षा निकायले एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको सुरक्षाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेता, कार्यक्रमस्थल, रुट र यात्रामा सहभागीको सुरक्षामा कुनै समस्या नहुने दाबी गरेका हुन् ।

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध गर्ने गरी पहिचानवादीले बन्द, हड्ताल र विरोधका कार्यक्रम सार्वजनिक गरेपछि यहाँ सुरक्षा चुनौती बढेको छ । सशस्त्र प्रहरीका डिआइजी अञ्जनीकुमार पोखरेलले पूर्ण रूपमा तयारीमा रहेको बताए ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुरक्षा अवस्था मिलाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिइसकेको बताए । एमालेको अभियानको सुरक्षा तयारीबारे शनिबार भर्चुअल बैठकसमेत गरिएको थियो ।

बैठकमा डिआइजी बास्तोलाले कार्यक्रमस्थल, आवागमन मार्गलगायतका स्थानहरूमा प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन साथै अवाञ्छित क्रियाकलाप भए तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।

अध्यक्ष केपी ओली नेतृत्वको सङ्कल्प यात्राको टोली मंसिर २६ गते ओखलढुङ्गाको घुर्मी प्रवेशसँगै कोशी प्रदेशमा पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस