दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते


२३ मंसिर २०८०, शनिबार


विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य दुईजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमी गन्तव्यका लागि जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा-७ का २५ वर्षीय भुपाल मगर, पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय विक्रम माझी घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा विक्रम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस