एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो


२३ मंसिर २०८०, शनिबार


काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ ।

नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा खरिद प्रक्रिया अघि बढाएको हो ।

खरिद प्रक्रियाको पहिलो चरणको बोलपत्र आह्वान अन्तर्गत गत भदौ महिनामा परेका प्रस्तावमा अनुमानित बजेटभन्दा धेरै बढी भएपछि सबै बोलपत्रको प्रस्ताव अस्वीकृत गरिएको थियो ।

सम्झौता अनुसार स्रोतसाधनले देशलाई अधिकतम लाभ पुग्ने गरी परिचालन गर्नका लागि अर्को बोलपत्र आह्वानको तयारी गरिएको एमसिए नेपालले जनाएको छ ।

विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन छिटो गर्नुपर्ने भएकाले त्यसका लागि आन्तरिक पहल जारी रहेको जनाइएको छ ।

फेरि बोलपत्र आह्वान गरेर पनि तोकिएको पाँच वर्षको अवधिमै काम सक्याउने गरी तयारी भएको एमसिए नेपालले शुक्रबार वक्तव्यमार्फत प्रस्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Tags :
प्रतिक्रिया दिनुहोस