अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न


२२ मंसिर २०८०, शुक्रबार


डोटी । अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक शुक्रबार डडेलधुरा जिल्लामा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराको आयोजनामा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा विभिन्न साझा सवालहरूको बारेमा व्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । 

बैठकमा सबै जिल्लाका साझा सवालहरू जिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अवैध हातहतियार तथा लागूऔषध प्रयोग तथा ओसार पसार नियन्त्रण, खुल्ला सिमाना व्यवस्थापन, सवारी साधन चेकजाँचमा कडाइ, सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चेकजाँचमा कडाइ, विपद् व्यवस्थापन, प्रतिकार्य र विपद् पछिको अवस्था व्यवस्थापनमा साझेदारी, बन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अवैध मदिरा नियन्त्रण,अपराधीक घटना बढ्न नदिन पूर्व तयारी, भारतीय सवारी साधन चेकजाँचमा कडाइ, रणनीतिक महत्वका स्थानहरूमा सिसिक्यामरा जडान गर्न स्थानीय सरकारसँग समन्वय, सार्वजनिक सेवा प्रवाह र प्रभावकारिता लगायतका विषयहरूमा छलफल भएको समेत प्रजिअ अर्यालले बताए ।   

समन्वय बैठकमा सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लाका प्रजिअ तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस